भोजपुरमा ड्युटीमा रहेका प्रहरी हवल्दार कुटिए , एक पक्राउ


 

भोजपुर, २ असोज । ड्युटीमा रहेका प्रहरी हवल्दार माथि ढुङ्गा प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । भोजपुरको पौवादुङमा–५ स्थित अँधेरीघाटमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार कट्वाललाई ढुङ्गा प्रहार गरेको आरोपमा सोही गाउँपालिका–५ लुगुवा बस्ने २६ वर्षीय सांगेन राईलाई प्रहरीले पक्राउ गरेको हो । घाइते प्रहरी हवल्दारको बिराट मेडिकल कलेज बिराटनगर मोरङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ढुङ्गा प्रहारबाट घाइते हवल्दारको टाउकोमा ६ टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी धरानबाट स्कुटर लिई आउँदै गरेका राईले रातको समयमा नाकाबाट प्रवेश गर्ने बिषयलाई लिएर प्रहरी हवल्दारलाई ढुङगा प्रहार गरेको प्रहरी भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार