पौवादुङमा गाउँपालिकाका आईसोलेसनमा रहेका १६ जना घर फर्किए


भोजपुर, २४ जेठ ।
भोजपुरको पूर्वीक्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिका –१ श्यामशिलाको राधाकृष्ण माध्यामिक विद्यालयको आइसोलेसनमा रहेका सबै जना घर फकिएका छन् । आरडिटि रिपोर्ट पोजेटिभ आएपछि आईसोलेसनमा बसेका उनीहरु पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर फर्किएका हुन् । सवै जनालाई गाउँपालिका अध्यक्ष किरण राईले जिम्मा लिएर होमक्वारेन्टिनमा बस्ने गरि घर पठाएका हुन् ।

आइसोलेसनमा बसेका उनीहरुले शुरुको दिनमा केहि मानशिक तनाब बढेको  भएपनि गाउँपालिकाले बस्नको लागि राम्रो व्यवस्थापन गरिदिएकोले धेरै सहज भएको प्रतिक्रिया दिएका छन् । आइसोलनबाट बिदाई भएका शिक्षक मचिन्द्र राईले भने,‘ हामीलाई पहिलो दिन भने केहि मानशिक तनाब बढेको थियो, तर गाउँपालिकाका जनप्रतिनिधिले गरेको व्यवहार तथा वसाईको व्यवस्थापनले हामीलाई धेरै सहजता भयो, उहाँहरुले देखाउनु भएको सहानुभुतिसंगै गरेको कामले हामीलाई साच्चै स्थानीय सरकार भएको अनुभुति भएको छ, यस्तो कुरामा हामीले आत्तिनु भन्दा पनि मनोवललाई उच्च बनाउनु पर्ने महशुस भयो ।’

https://www.facebook.com/112564173556794/videos/1715387658603370/

 

आईसोलेसनमा रहेका उनीलाई बुझ्दै गाउँपालिका अध्यक्ष किरण राईले यो समयमा आत्तिनु भन्दा पनि सम्यता अपनाएर आत्माबल उच्च राख्नु पर्ने बताए । साथै उनले गाउँपालिकाका नागरिकलाई कोरोनाको सामना गर्न सवै एकजुट हुन आवहन गरे । गाउँपालिकाको पहिलो प्राथमिकता नागरिकलाई बचाउनु रहेको बताउदै उनले यो जटिल परिस्थितिको डटेर सामना गर्न गाउँपालिकाले सबै सम्यन्त्र परिचालन गरेको समेत जानकारी दिए ।

अध्यक्ष राईले भने,‘ हामी तपाईहरुलाई स्थानीय सरकार भएको महशुस गराउन लागि परेका छौ, यो अवस्था अलिक जटिल पनि छ, देशमा कोरोनाले भयावह अवस्था निम्त्याउने अवस्था छ, हामीले पछि आईपर्न सक्ने कठिनाईलाई ध्यानमा राख्दै गाउँपालिका प्रवेश गर्ने सवै नाका सिल गरेका छौ, तपाईहरुले जिल्ला बाहिर रहेका आफ्ना आफन्तलाई त्यही बस्न भन्नुहोला, उहाँहरुलाई राहतको व्यवस्था गाउँपालिकाले मिलाउछ ।’

अध्यक्ष राईले गाउँपालिका बासीलाई नआत्तिकन संयम भएर अनिवार्य रुपमा मास्क लगाएर सामाजिक दुरी कायम गर्न आग्रह गरे । उनले आफ्नो दैनिक जिवनशैलीलाई परिवर्तन गर्न सके कोरोनाबाट बच्न सकिने समेत बताए । ‘हामी पहाडको चिसो पनि खाएर हुर्केका मान्छै हौ, स्वाथ्यवद्र्धक खाने कुरामा ध्यान दिऔ, हात धोएर मात्र खानेबानी बसालौ, अनावश्यक चिन्ता नलिऔ, भिडभाडमा नजाऔ यति गर्न सक्औ भने यो कोरोना भाइरसलाई हामीले परास्त गर्न सक्छौ ।’अध्यक्ष राईले भने ।

गत मंगलबार गाउँपालिकामा आरडीटी परीक्षण गर्दा ६ जना स्वास्थ्यकर्मी, वडाध्यक्ष, सहित १६ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको भएपनि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरु शनिबारबाट घर फर्केका छन् । उनीहरु सहित २२ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार