
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जिल्ला अस्पतालको क्वारेन्टाइन तथा आईशोलेसनमा व्यक्तिहरुलाई औषधी वितरण गरेको छ । प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनानुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड) नियन्त्रण तथा व्यवस्थापन गर्ने सन्दर्भमा जारी गरिएको निर्देशन अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधी वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख दिलिप कुमार झाले जानकारी दिए । आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा च्यवनप्राश, अमलकी चुर्ण, अश्वरगन्धा चुर्ण, लगाएतका आयुर्वेदिक औषधी वितरण गरिएको हो ।
केन्द्रले कोरोनाको संक्रमणलाई फैलन नदिन विभिन्न स्थानीय तहका वडा स्तर सम्म पुगेर स्वास्थ्यबद्र्धक औषधी वितरण गर्ने जनाएको छ। साथै केन्द्रले विभिन्न ठाउँमा रहेका क्वारेन्टीनमा पुगेर स्वास्थ्य रहनको लागि योगा समेत सिकाउने जनाएको छ । आयुर्वेदिक औषधी नियमित रुपमा सेवन गरे रोगसंग लड्ने क्षमतामा बढ्ने केन्द्रको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्का, प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी, स्वास्थ्यकर्मी, नागरिक समाज, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।





















