भोजपुरमा लडेर ७ वर्षीय बालिकाको मृत्यु


भोजपुर, २ चैत ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका –६ मा भ¥याङबाट लडेर आज बालिकाको मृत्यु भएको छ । स्थानीय उदय राईकी ७ वर्षीय छोरी ईशा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । लडेर अचेत अवस्थामा संखुवासभाको हरिसिद्धि अस्पतालमा पु¥याएपछि बालिकालाई  डाक्टरले मृत घोषणा गरेका थिए । पोष्टमार्टम पछि वालिकाको शव उनकी हजुर आमाले बुझेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार