प्रचण्डमाथि जुत्ता हान्नेलाई ७ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं,१९ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन सिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।
आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । लगत्तै उनी पक्राउ परेका थिए ।प्रहरीलाई बयान दिँदै तिरूवाले प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेको भनेका छन् ।
घटनाको छानविनका लागि प्रहरीले अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय समिति पनि गठन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार