सतिघाटमा ‘फेरी’ बन्यो


भोजपुर, २६ माघ ।
उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभा सडकको सहज पहुँचमा आएको छ । दुई जिल्लालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा ‘फेरी’ निर्माण गरिएसंगै यातयातमा सहजता थपिएको हो । आईतबार भोजपुरका संघीय सांसद सुदन किराँतीले एक कार्यक्रम बीच फेरी उद्घाटन गरेका हुन ।
लागि संघीय सांसद क्षेत्र विकास कोषबाट रु. ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु. ७५ जाख र षडानन्द नगरपालिकाको रु.५५ लाख रुपैयाँको लागतमा फेरी निर्माण गरिएको षडानन्द नगरपालिका प्रमुख बिरबल राईले जानकारी दिए।
फेरि सञ्चालनको लागि तीन जना अपरेटर राखिएको मेयर राईले जानकारी दिए । उक्त अपरेटरहरुको पारिश्रमिक व्यवस्थापनमा सहजताको लागि फेरी प्रयोगकर्ताहरुबाट थोरै राजश्व लिने योजना रहेको नगर प्रमुख राईको भनाइ छ ।
कुन सवारीबाट कत्ति लिने भन्ने निर्णय भईनसकेको र अबको कार्यपालिकाको बैठकले राजश्व दर तोक्ने राईले जानकारी दिए। फेरीबाट दैनिक करिब दुई सय बढी सवारी साधन आवत जावत गर्ने नगरपालिकाको भनाइ छ । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने यो मुख्य सडक खण्ड रहेकोले अबका दिनमा स्थानीयले सहजताको महसुस गर्न पाउने नगर उपप्रमुख मेरिका राईले बताइन् । राईले भन्निन् ‘ धेरै वर्ष देखि स्थानीय भोग्दै आएको समस्या समाधान भएको छ, यसबाट उत्तरी क्षेत्रलाई अन्य क्षेत्रसंग जोड्न केहि सहज भएको छ, आगमी दिनमा पक्की पुल निर्माणका लागि स्थानीय सरकारले पहल गर्नेछ । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार