भोजपुर, २५ पुस ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका वडा–११ आम्त्तेकका दलबहादुर राईको हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ ।
प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी ८८ वर्षीय दलबहादरको हत्यामा संलग्न राईकै कान्छी श्रीमती ५६ वर्षीय कर्ण शोभा राई र छोरा ६५ वर्षीय हरी बहादुर राईलाई सार्वजनिक गरेको हो ।
गत असोज २५गते दशैंको टिका थापेर श्रीमती कर्णशोभासंगै बेलुकीपख अघिपछि भएर घर फर्किने क्रममा बेपत्ता दलबहादुरको गत मंसिर १ गते आम्त्तेककै अड्डेडाँडा छेउको सोहन खोलामा कंकाल फेला परेको थियो । अभियुक्तद्धोय हरीबहादुर र कर्णशोभा राईबिच अनैतिक सम्बन्ध भएकाले पूर्वयोजना अनुसार हरी बहादुरले बाबु दलबहादुरको कर्णशोभाको घरछेउको बारीमा कर्णशोभाकै अगाडि घाँटि थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्याल्य भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए ।
त्यस्तै सोहि घटनामा संलग्न २८ वर्षीय सन्तोष विक र २१ वर्षीय नारायण विकलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुले घटना स्थलबाट करँब ३ घण्टाको पैदलमा सवलाई डोकोमा बोकेर खोला सम्म लगेर फाल्नका लागि सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई अभियुक्त हरीबहादुरले रु. पाँच हजारमा दिएर सब फाल्न लगाएका थिए । अनुसन्धानकै क्रममा चारै जनाले कसैलाई नभन्ने सर्तमा घटना स्थलबाट लास लगेर खोलामा फालेको खुलेको प्रहरीको भनाईछ ।