भोजपुरको पौवादुङमा गाउँपालिकाका स्थानिय आफ्नै गाउँघरमा आँखाको उपचार पाय पछि खुसी


भोजपुर १३ पुस । भोजपुरको पौवादुङमा गाउपालिकाले गाउँपालिकाका जेष्ठ नागरिक तथा आँखाको समस्या भएका विरामीलाई मध्यनजर गदै मोति विन्दु आँखा सल्यक्रिया सिविर सञ्चालन गरेको छ । सिविरबाट १२ वर्षका बालक देखि ८४ बर्षिया बृद्धाले समेत समेवा लिएका छन् । जसमा मोति विन्दुका समस्या भएका १ सय ८५ जनाको आँखाको सल्यक्रिया गरिएको छ भने ७ सय २८ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ । सिविरबाट १७ सय ५० जनाले सेवा लिएका छन् । आँखाको उपचार गरेपछि आफुले पुन संसार देख्न पाएको भन्दै विरामीले खुसी व्यक्त गरेका छन् । धेरै जसो मानिसमा उमेरका कारणले आखामा मोति विन्दु हुने गर्दछ । बृद्ध अवस्था हुदै गए पछि आँखामा मोति विन्दुको समस्या हुने गरेका डाक्टरहरु बताउछन् । आखा निकै सम्वेदन शिल अंग भएकाले यस तर्फ सवै सचेत हुनु पर्ने उनिहरुको भनाई छ । धेरै धुवा तथा धुलोको कारण पनि आखाको समस्या हुने गरेको नेपाल नेत्रज्वती संघ आखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङको भनाई छ।

स्वास्थ्यनै मानिसको सवै भन्दो ठूलो सम्पति भएकाले स्वास्थ्य सेवाबाट कोहि पनि वञ्चीत हुन नपरोस भन्ने उदेश्यल आँखा सिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । चेतनाको अभावका कारण उपचारबाट बञ्चीत भएका नागरिकलाई स्थानिय सकारको आभास गराउन अझै यस्ता काम गरिने गाउँपालिका अध्यक्ष किरण राईले बताए । विगतका वर्षहरुमा महिलाको आङखस्ने समस्या भएका महिलाको पहिचान गरि निशुल्क उपचार गरिएको र यस वर्ष गरिवीको कारण कसैले पनि आँखा देख्नबाट वञ्चीत हुनु नपरोस भन्ने उदेश्यले सवै वडाका विरामीहरुलाई लक्ष्ीत गरि शिविरको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईको भनाई छ । गाउँपालिकाले गरेको यो कामको स्थानियले पनि प्रसंसा गरेका छन् । बृद्ध अवस्थामा आएर पुन आखा देख्न पाए पनि विरामी समेत खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार