भोजपुरमा ६५ प्रतिशत घरको पुनः निर्माण सम्पन्न, पहिलो किस्ता लिने म्याद थप (भिडियो पनि छ)


भोजपुर, २४ मङसिर ।
भोजपुरमा भुकम्पबाट क्षति भएका ६५ दशमलव ४४ प्रतिशत घरको पुनः निर्माण सम्पन्न भएको छ ।  पहिलो किस्ता लिएका पाँच हजार १९१ मध्ये हाल सम्म तीन हजार ७६२ घरको पुनः निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरले जनाएको छ । पछिल्लो समय कार्यालयले स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडा स्तरमा रहेका समस्याको विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरुसंग पुननिर्माण सम्वन्धी गोष्ठी सञ्चलान गर्न थालेसंगै कामले तिव्रता पाएको कार्यालयको भनाइ छ । भूकम्पले क्षती भएका पाँच हजार ४४९ घर मध्ये हाल सम्म पाँच हजार १९१ पीडितले पहिलो किस्ता र चार हजार ३८९ जनाले दोस्रो किस्ता लिएका छन्। पाँच हजार ४४९ घर पूर्ण रुपमा क्षती भएपनि पाँच हजार १९१ जनाले मात्र सम्झौता गरेका थिए ।
त्यस्तै जिल्लाभर ४५३ जना प्रवलिकरणका लाभग्राही रहेकोमा अहिले सम्म २६५ जना लाभग्राहीले सम्झौता गरेर पहिलो किस्ता लगेका छन् । कार्यालय प्रमुख राजनराज रेड्डीले जति सक्दो चाँडो पुनः निर्माणको काम सक्ने काम भइरहेको बताए । उनले भने ‘ हामी स्थानीय स्तर सम्म पुगेर त्यहाका समस्याको विषयमा जानकारी लिदै, सरोकारवाला पक्षसंग छलफल समेत गरिरहेका छौ यसले काम चाडो सम्पन्न गर्न निकै मदत गरेको छ, जिल्लामा अहिले पुन निर्माणले निकै राम्रो गति लिएको छ । ’

कार्यालय प्रमुख रेडडीका अनुसार पहिलो किस्ता लिन बाँकी रहेको लाभग्राहीको लागि पौष मसान्त सम्मको म्याद थपिएको छ । भने दोश्रो र तेस्रो किस्ताको रकम माघ मसान्त सम्म लिनुपर्नेछ । ६२८ जनाले लाभग्राही सुचीमा नाम दर्ता गरेर पनि पहिलो किस्ता नलिएको कार्यालयले जनाएको छ । थप जानकारी लिनु परेमा कार्यालयमा सम्पर्क गर्न सकिने प्रमुख रेड्डीको भनाइ छ। षडानन्द नगरपालिकामा एक हजार ५७ लाभग्राही संख्या रहेकोमा ९९७ ले पहिलो , ८४४ ले दोस्रो  र ६३४ जनाले तेस्रो किस्ता लिएको कार्यालयको तथ्याङकले देखाएको छ । त्यस्तै प्रवलिकरण तर्फ ८२ जना लाभग्राही रहेकोमा १६ जनाले पहिलो किस्ता लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार