काठमाडौं,१२ मंसिर । प्रभु बैंकले ‘प्रभु बैंक डिबेन्चर २०८४’ निष्कासन गर्ने भएको छ । बैंकले यसका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।कुल २० लाख कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्कासन गरिनेछ । २ अर्ब बराबरको डिबेन्चर १० प्रतिशत ब्याजसहित आठ वर्षका लागि निष्कासन गर्न लागिएको हो ।
डिबेन्चर निष्कासनका लागि ११ मंसिर २०७६ मा प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाटप्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठबीच सम्झौता भएको छ ।




















