साढे ११ करोड हिनामिना गर्ने कार्यालय सहायक पक्राउ


कपिलवस्तु,११ मंसिर । बैक सरह काम गर्ने कपिलस्तुको तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा साढे ११ करोडको हिनामिनाको घटना बाहिर आएको छ। सहकारीका कर्मचारी र बचत संकलनकर्ताबाट बचत र कर्जामा कुल ११ करोड ४९ लाख ६ हजार रकम अपचलन भएको हो।

बैंकका सीईओ मुकुन्द बर्माका अनुसार प्रारंभिक विवरण अनुसार बचत तर्फ ८ करोड ४० लाख ४४ हजार र कर्जा तर्फ ३ करोड ९ लाख २२ हजार रकमको अत्तोपत्तो नभएको बताए। कर्मचारीले गरेको बदमासी बारे ४ महिना अघि नै पत्ता लागे पनि गुपचुप राखिएको थियो। एक साता अघि ठगीका बारे तौलिहवा बजारमा चर्चा चलेपछि बचतकर्ताहरुले आफ्नो रकम फिर्ता लिनेको भिड लागेको थियो। तर सहकारीले तरलताको अभवा जनाउदै रकम दिन नसकेपछि ठगीको घटना बारे सहकारीले आफै पत्रकार सम्मेलन गरी कुरा बाहिर ल्याएको हो।

सहकारीका कार्यालय सहायक राजेशकुमार कान्दुले १ करोड ४ लाख ३२ हजार ७ सय १२ रुपैयाँ हिनामिना गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत मुकुन्द बर्माले बताए। २०७४ असार २१ गतेदेखि २०७५ माघ २५ गतेसम्म ४ वटा ठेलीको हिसाब गर्दा कार्यालय सहायक कान्दुले उक्त रकम हिनामिना गरेको देखिएको छ। आरोपी कर्मचारी कान्दुले सहकारीमा देखिएको हिनामिना रकम करिब २ करोड रुपैयाँ व्यक्तिगत प्रयोजनमा उपभोग गरेको स्वीकार गरे।

आरोपी कान्दुले २ करोड दिएर बाँकी रकम मिन्हा गरिए आफुले तत्कालै रकम उपलब्ध गराउने समेत बताएका थिए। २०५२ सालमा स्थापना भएको सहकारीमा लेखाको नियम अनुसार खातापाता व्यवस्थित गरिएको थिएन। गत बर्षको फागुनमा बैंकको कार्यकारी प्रमुखमा बर्मा नियुक्त भएपछि सहकारीको श्रेस्तामा कडाई गर्न थाले। बर्मा कै कडा मिहिनेत र निरीक्षणपछि कर्मचारीहरुको कर्तुत पत्ता लागेको सहकारीका अध्यक्ष रामेन्द्र्र सिंह रावलले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार