भिडियो सहित – अपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुर्गम भेगमा सचेतना कार्यक्रम


भोजपुर, ४ मंसिर ।
पछिल्लो समय बालविवाह, जवर्जस्ती करणी जस्ता घटनामा बृद्धि हुन थालेपछि भोजपुरमा सचेतनाका कार्यक्रममा ध्यान दिन थालिएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन सदरमुकाम आसपास भन्दा पनि दुरदराजका ठाउँ केन्द्रित गर्न थालिएको हो । यसले अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने देखिएको छ । सदरमुकाममा धेरै कार्यक्रम सञ्चालन हुने भएपछि ग्रामिण भेगमा सचेतनाका कार्यक्रमहरु प्राय कमै मात्रमा हुने गरेका छन् ।

गाउँघरका स्थानीयमा हुने कानुनी अज्ञनताका कारण वालविवाह, करणी, जस्ता घटनामा बढ्न थालेको ठहर गर्दैैै जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालयले भोजपुरको हेलौछामा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । विषेश गरेर विद्यार्थी, स्थानीय नागरिकलाई कानुनी ध्यान दिने उद्धेश्यले कार्यक्रम गरिएको हो । यसले स्थानीयहरुमा पनि न्यायको पहँुच विस्तार हुने आशा राखिएको जिल्ला सरकारी वकिल कार्यालय भोजपुरका सह– न्यायधिवक्ता प्रमोद भट्टराईले जानकारी दिए । सहभागीहरुले कार्यक्रम निकै राम्रो रहेको प्रतिक्रिया दिदै त्यसबाट धेरै ज्ञान लिन पाएको बताएका छन् । सुगम ठाउँमा मात्र हुँदै आएका कार्यक्रम समुदाय स्तर सम्म सञ्चालन हुँदा यसले अपराधमुक्त समाज निर्माणमा सहयोग पुग्ने भोनपा, १ का वडाध्यक्ष विष्णु कुमार भुजेलले बताए । स्थानीय शिंहदेवी माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रमलाई विद्यार्थीहरुले पनि निकै उत्सुकताका साथ लिएका छन् ।

प्रहरी तथा सरकारी वकिलको कार्यालयले दिएको कानुनी ज्ञानले आफूहरुलाई कानुन विषयमा थाहा पाउने अवसर मिलेको विद्यार्थीले बताएका छन् । कार्यक्रम विद्यालयमा सञ्चालन भएकामा शिक्षकहरुले खुसी व्यक्त गरेको छन् । विद्यार्थीहरुलाई हालको कानुन व्यवस्थाको बारेमा जानकारी दिनसके, अपराधिक क्रियाकलाप नियन्त्रणमा केहि सहयोग पुग्ने विद्यालयका प्र.अ.रामकुमार तामाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार