उदयपुर, २ मंसिर । उदयपुरको सदरमुकाम गाईघाटस्थित ५० शैयाको उदयपुर जिल्ला अस्पतालमा एक वर्ष यता रोकिएको शल्यक्रियाद्धारा बच्चा निकाल्ने सेवा (सिजरिएन सेक्सन) (सिएस) सुचारु भएको छ । दक्ष जनशक्तिको अभावमा ०७५ मंसिरदेखि रोकिएको सिएस सेवा स्त्रीरोग विशेषज्ञ डाक्टर ९गाईनोलोजिस्ट० को आगमनसँगै सुचारु भएको हो ।
अस्पतालमा सोमबारदेखि सिएस सेवा सुचारु भएको अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर परियारले बताए । उनका अनुसार गत साता स्त्री रोग सम्बन्धी डा। अमरेसकुमार मण्डलको आगमन भएपछि सिएस सेवा सुचारु भएको हो ।
आइतबार बिहान अस्पताल विकास समितिको बैठक बसी ओटी (अपरेसन थिएटर) समूहको टुंगो लगाउँदै सिएस सेवा सुचारु गर्ने निर्णय भएको प्रमुख परियारले बताए । सेवा सुरु भएसँगै जिल्ला अस्पताल जस्तो सम्बेदनसिल स्वास्थ्य संस्थामै दरबन्दी अनुसार दक्ष डा। उपलब्ध नहुँदा जिल्लाबासी महँगो शूल्क तिरेर निजी स्वास्थ्यसंस्थामा उपचार गराउनु पर्ने बाध्यता अब हटेको छ ।
एक वर्ष देखि गाईनोलोजिस्ट डा. अभावमा सिएस रोकिँदा सर्बसाधारणलाई गाईघाटकै नीजि अस्पताल र बिराटनगर, धरान र जनकपुर तथा काठमाडौंसम्म पुगेर महँगो शूल्कमा सुत्केरी गराउनु पर्ने बाध्यता थियो । तत्कालीन गाईनो तथा अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा। पवनकुमार साहको गत मंसिरमा कटारी अस्पताल सरुवा भएसँगै उदयपुर अस्पतालमा सिएस रोकिएको हो । आफु भन्दा माथिल्लो तहका डा। सरुवा भएर आएपछि १० औं तहका साह आफै सरुवा मागेर गएका थिए । उनी गएपछि कटारीमा पनि सिएस सेवा सुरु भइ सकेको छ ।
अस्पतालका तत्कालीन मेसु डा। विष्णु बस्नेतसँग क्षमता नभएको र दक्ष डा. हरु उनको मातहत बस्ने गरी आउन नमानेका कारण सुविधा सम्पन्न भवन र भौतिक पूर्वाधार र उपकरणयुक्त जिल्ला अस्पताल ‘रेफर सेन्टर’ मा परिणत भएको थियो । अस्पताललाई सुधार गर्न अस्पताल विकास समितिले मन्त्रालय र प्रदेश सरकारसँग आग्रह गरेर आवश्यक डा। थपेपछि बल्ल सिएस सुचारु भएको अध्यक्ष परियारले बताए । उनका अनुसार कात्तिक दोश्रो साता ३ जना दक्ष डा। हरु अस्पतालमा सरुवा लिएर आएको र अब सबैखाले उपचार सेवा जनताले पाउने छन् ।
परियारका अनुसार नयाँ सरुवा आएका एमडिजिपी डा। अमरेसले सिएस टोलीको नेतृत्व गर्ने छन् । छबित्रा राई लगायत तालिम प्राप्त र ३र४ अनुभवी नर्सहरु भने अस्पतालमा तैनाथ रहेकाले गाईनो डा। को अभावले मात्र रोकिएको सिएस सेवा सुचारु भएकाले यसबाट जिल्लाबासीले राम्रो सेवा पाउने उनले बताए । डा. मण्डलसँगै मेडिकल अधिकृतहरु डा। जीवनारायणा मण्डल, डा। चन्दन गुप्ता र डा। राकेश गिरी पनि ल्याइएका छन् । मेडिकल अधिकृतहरु डा। अरुण मण्डल र डा। विजय मेहता यस अघि नै कार्यरत रहेकाले अब अस्पताललाई जनमैत्री बनाउन सहज हुने अस्पतालका प्रशासन प्रमुख बृखबहादुर खत्रीले बताए ।
भुक्तभोगी स्थानीयका अनुसार निजी अस्पतालले एउटा सिएस गरे बापत २५ देखि ४० हजारसम्म शूल्क लिने गरेका छन् । तर, सरकारी अस्पतालमा सिएस गराए वापत उल्टै सरकारले अस्पताललाई ७ हजार ५ सय रुपैंया सहयोग दिने खत्रीले बताए । जस मध्ये २ हजार सुत्केरी महिलालाई दिएर बाँकी रकम अस्पताल विकास कोषमा जम्मा गरिन्छ । सरकारी अस्पतालले सुत्केरीलाई आवश्यक सम्पूर्ण औषधि र सुत्केरी सामाग्री समेत निःशूल्क गर्भवती महिलालाई दिने गरेको छ । यता निजी अस्पतालले औषधि र सामग्रीको थप शूल्क पनि लिने गर्छन् ।
उदयपुर अस्पताललाई ५ वर्ष अघि ५० श्यैयामा स्तरोन्नति गरिए पनि दरवन्दी अनुसार डा। अभावमा जिल्लाबासीले नियमित पाउनु पर्ने स्वास्थ्य सुविधा पाई रहेका छैनन् । सबै भन्दा बढी जटिल खालका गर्भवतीको सुत्केरी गराउने सेवा नै महत्वपूर्ण रहेको अस्पतालमा पटक पटक सिएस सुचारु हुँदै रोकिदै गरेको छ । ५ वर्ष अघि डा। चुमनलाल दास मेसु हुँदा सुरु भएको सिएस सेवा उनको सरुवासँगै रोकिएको थियो ।
६ महिनापछि डा। फनिन्द्र बराल आएपछि सुचारु भएको सेवा उनको सरुवासँगै पुनः रोकिएको थियो । पछिल्लो समय डा। पवन साहको सरुवासँगै सुरु सिएस पुनः उनको सरुवापछि रोकिएको एक वर्षपछि अहिले सुचारु हुन लागेको अस्पतालका निमित्त मेसु डा। विजय मेहताले बताए ।




















