सशस्त्र प्रहरीद्वारा एक ट्रक अबैध प्याज बरामद


रौतहट, २ मंसिर । सशस्त्र प्रहरी गण रौतहटले आइतबार नेपाल भित्राउदै गरेको १ ट्रक प्याज बरामद गरेको छ । प्याजको मूल्य अकाशिदै जाँदा सिमावर्ती भारतीय बजारबाट अबैध रुपमा चोर नाका भएर भित्रयाइएर चर्को मुनाफा कमाउने उद्देश्यबाट ट्रकमा लोड गरिरहेको अबस्थामा झण्डै साढे नौं हजार किलोग्राम प्याज सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सिमापारी भारतीय बजारबाट चोर बाटो भएर भरियाहरुले ल्याएको प्याज संकलन गरेर मुलुकको ठूला शहरमा पठाएर बढी मुनाफा कमाउने उद्देश्यबाट भण्डारण गरिएको प्याज रौतहटको फतुवा विजयपुर नपाको डुमरिया स्थित एक घरमा लोड भइरहेको जानकारी पाउना साथ सशस्त्र प्रहरीको ११ नम्बर गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले आइतवार राति बरामद गरेको हो ।

ना २ ख ६३०४ नम्बरको ट्रकमा लोडगरी लैजादै गरेको प्याज ९ हजार ५ सय ५० किलो प्याज सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटको टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक रबीनराज कर्णजितले जानकारी दिए । सशस्त्र प्रहरीको घेरामा पर्न थालेपछि ट्रक चालकसहित प्याजको साहु भाग्न सफल भएको सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले बताए । बरामद प्याज आवश्यक कारवाहीका लागि प्याजसहित ट्रकलाई गौर भन्सार कार्यालय बुझाएको उनले बताए ।

वरामद भएको प्याजसहित ट्रकको ३४ लाख ५५ हजार मूल्य मूयांकन गरेर गौर भन्सार कार्यालयको जिम्मा लगाएको उनले जानकारी दिएका छन् । यता श्रावण महिनादेखि मंसिर १ गते सम्म अबैध रुपमा चोरी निकासी पैठारीको १ करोड ७५ लाख ४० हजार ६ सय ७ रुपैयाँ मुल्य बराबरको समान भन्सार कार्यालय बुझाएको शसस्त्र प्रहरी उपरिक्षक कर्णजितले जानकारी दिएका छन् ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ११ गण रौतहटले २०७६ साल कार्तिक महिनामा मात्रै अबैध चोरी निकासी पैठारीको क्रममा ५९ लाख १ हजार ७ सय १५ रुपैया बराबरको समान बरामद गरेको जनाएको उनले जानकारी दिए । केही दिन यता शसस्त्र प्रहरीले सिमा क्षेत्रमा कडाइ गदै आएको शसस्त्र प्रहरी उपरिक्षक कर्णजितको भनाइ रहेको छ ।

रौतहट सशस्त्र प्रहरीले अर्थिक बर्ष २०७६र०७७ यता कार्तिक मसान्त सम्म करिब १ करोड ७५ लाख ४० हजार ६ सय ७ रुपैया मुल्य बराबरको समान गौर भन्सार बुझाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार