कर्मचारी नहुँदा काम ठप्प, सेवाग्राही दैनिक कार्यालय जाँदै फर्कंदै


तनहुँ, २ मंसिर । तनहुँ जिल्लाको डुम्रेबजारमा संचालनमा रहेको यातायात ब्यबस्था सेवा कार्यालयमा कर्मचारी नभएपछि सेवाग्राही दैनिक कार्यालयमा जाँदै फर्कदै गर्ने गरेका छन् ।गण्डकी प्रदेश सरकारले भदौ २५ गतेदेखि वन्दिपुर गाँउपालिका मा पर्ने डुम्रे बजारमा सेवा पुर्‍याउने उदेश्यले स्थापनागरेको यातायात ब्यबस्था सेवा कार्यालयमा एउटा पनि कम्प्युटर अपरेटर कर्मचारी नहुँदा सवारीसाधन चालकहरुको लाइसेन्स नविकरण नहुँदा सेवाग्राही दै‌निक आउने र कर्मचारी नहुँदा कार्यालय बन्द भए पछि विना काम फर्कन बाध्य भएका छन् ।तनहुँको विकट ग्रामीण क्षेत्र रिसिङगाँउपालिका -१ रानीपोखरी निवासी बर्ष ४३का पुर्णकुमार श्रेष्ठले आफ्नो मोटरसाइकलको लाइसेन्स नविकरणकालागि ५ पटक आँउदापनि कर्मचारी नभए पछि फर्कन बाध्य भएको बताए ।

श्रेष्ठले रिसिङदेखि ओहोरदोहोर गर्दा ४ सय ५० रुपैयाँ भाडाका दरले ५ पटक ओहोरदोहोर गर्दा २२ सय ५०रुपैयाँ विनाकाममा तिर्नुपरेको बताउँदै आउदाँ जाँदा ५ पटकमा हजार रुपैयाँको खाजा खाईएछ उनले भने।यस्तै लमजुङ सुर्यपाल -३ पुरनडिही निवासी वर्ष(२९ का विष्णुहरि तिवारीले कार्यालयमा ४ पटक आउँदा पनि कर्मचारी नभएकाकारण विनाकाम फर्कन बाध्य भएको बताउँदै यातायात ब्यबस्था कार्यालयको फोनमा कार्यालय अवधिमा पटकपटकगर्दा फुल धण्टी जान्छ तर फोन भने पट्कै उठ्दैन् अनि कामको भिडभाडले फोन उठ्न नसकेको होला भन्ने आशंकामा कार्यालयमा आयो कार्यालय सधैं कर्मचारी अभावमा बन्द रहेपछि फर्कनु सिबाय कुनै विक्लप हुदैन, तिवारी भन्छन् ।‘लाइसेन्स नविकरण नभएपछि ट्राफिक प्रहरी कार्वाहीमा१ हजार देखि १५ सय सम्मको जरिवाना रसिद अनाहकमा तिर्नुपर्दा हामी जस्ता धेरै सेवाग्राहीहरुले सास्ती भोग्ने गरेका छौ’, उनले भने ।

यातायात ब्यबस्था सेवा कार्यालय डुम्रेका प्रमुख विश्वकुमार श्रेष्ठले कार्यालय का लागि लाइसेन्स नविकरणगर्न कम्प्युटर अपरेटर नहुँदा काममा अवरोध भएको बताए । ‘कार्यालयमा कम्प्युटर सम्बन्धि दक्ष कर्मचारी नभएको कारणबाट काममा केही ढिलाइ भएको हो । कार्यालयले छिटोभन्दा छिटो कम्प्युटर अपरेटर नियुक्तिका लागि प्रदेश सरकार संग ताकेता गरेका छौं’, प्रमुख श्रेष्ठले भने ।

कार्यालयबाट सवारी इजाजत नविकरण, रुट इजाजत आदेश पत्र दिने, सवारी करलगायतका कामहरुको अधिकार प्राप्त कार्यालयलाई गण्डकी प्रदेश सरकारले लाइसेन्स नविकरण गर्ने, गराउने अधिकार दिएपछि तनहुँको डुम्रे शाखाले गत ०७५ भदौदेखि कार्यालय संचालनमा आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार