सशस्त्र प्रहरी बेस क्याम्प चखेवाद्धारा २ नाल भरुवा वन्दुक बरामद


भोजपुर, २४ कात्तिक । सशस्त्र प्रहरी बेस क्याम्प टेम्केमैयुङ गाउँपालिका ४ चखेवाले २ नाल भरुवा वन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरीले शनिबार राती १० बजे भोजपुर र खोटाङको सिमानामा २ थान भरुवा वन्दुक बरामद गरेको सशस्त्र प्रहरी बल ५ नम्बर गुल्म टक्सारका प्रमुख मोहन राज निरौलाले जानकारी दिए ।

बेस क्याम्प बाट करीब डेढ किलोमिटर अगाडि अपरिचित व्यक्तिहरुले छाडेको भरुवा बन्दुक फेला पारेको प्रमुख निरौलाले जानकारी दिए । गस्तीमा गएको सशस्त्र प्रहरीको टोलिलाई देखेरअपरिचित व्यक्तिहरु भागेपछि त्यहाँ गएर हेर्दा गस्ती टोलिले भरुवा बन्दुक फेला पारेको हो ।

वरामद वन्दुकहरुलाई आवश्यक कानुनी प्रक्रियाका लागि आइतबार जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । वन्दुक छोडेर भाग्ने समुहको खोजी भइरहेको प्रहरी स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार