कर्णाली करिडोरको पुल आठ वर्षदेखि ५ प्रतिशत मात्रै निर्माण


कालिकोट, २० कातिक । एक वर्षभित्र सक्ने गरी निर्माण थालिएको कर्णाली करिडोरको खुलालु पुल ८ वर्ष बितिसक्दा ५ प्रतिशतमात्र पुल निर्माण भएको छ । निर्माण कम्पनी र सडक डिभिजन कार्यालयको चरम लापरवाहीका कारण आर्थिक करिडोरको रुपमा रहेको कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्ड जोड्ने खुलालु नदीको पुल निर्माण अलपत्र परेको हो ।

कर्णाली राजमार्गको हुम्ला खण्ड जोड्ने भण्डै १४ करोड लागतमा निर्माण हुन लागेको खुलालु पक्की पुलको काम अहिलेसम्म जग समेत खनिएको छैन । आठ वर्षसम्म पाँच प्रतिशत मात्रै पुलको निर्माण भएको पाइएको छ । २०६९ सालमा निर्माणको जिम्मा पाएको कन्काई नेपाल प्रगति जेभीले सडक डिभिजन कार्यलयसंग योजना सम्झौता भई २०७० सालमै निर्माण सकिनु पर्नेमा अहिलेसम्म पुल निर्माण जगमै सिमित छ । पुल निर्माणमा चरम लापरवाही हुँदा समेत नियामक निकाय मौन रहेको भन्दै कर्णालीवासी आक्रोशित छन् ।

नेपाली सेनाले कर्णाली करिडोरमा ९४ किलोमिटर सडकको ट्रयाक खुला गरी सडक विभागलाई हस्तान्तरणको तयारी गर्दा समेत पुल निर्माण अहिलेसम्म ५ प्रतिशतमै सिमित रहेको छ । सडक डिभिजन कार्यालय जुम्लाले समयमै प्राविधिक स्टमेड नदिँदा पुल निर्माणमा ढिलाई भएको निर्माण कम्पनीले आरोप लगाएको छ ।

मुख्य सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माण सुरु भएको ८ वर्षसम्म पनि बन्न नसकेको निर्माण कम्पनिका ठेकेदार दिपकराज मैनालिले बताए । उनले भने, ‘सबै समाग्रीहरु जुटाएर कामको तयारी गर्दा पनि कार्यालयले ७ वर्षसम्म स्टेमेड कागज नदिँदा ढिलाई भएको हो । बल्ल बल्ल अस्ती असाढको मैनादेखि काम गर्ने नक्का पाएका छौँ । अब काम गर्ने वातावरण पाएका छौँ । अहिले काम सुरु गर्ने तयारि थालेका छौँ ।’ अहिले पनि कामदारहरु निर्माण स्थलमै छन् । अब एक वर्षमै काम सम्पन्न गर्ने गरी काम सुरु गरेको उनले जानकारी दिए । उनले भने, ‘राष्टिय सभा सदस्य जिवन बुढाको सहयोगमा हामीले डिभिजन कार्यालयबाट नक्सा पाएका छौँ ।’ अबको एक वर्षभित्रै करिडोर जोड्ने पुन निर्माण सम्पन्न गर्ने बताए ।

शिल्यानेस भएको ८ वर्ष वितिसक्दा समेत पुल निर्माणमा ढिलाई हुनाको कारण निर्माण कम्पनी रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधप प्रर्साद अधिकारीले बताए । निर्माण कम्पनीले एक वर्षभित्रै पुल निर्माण गर्ने भनेको छ । समयमै सम्पन्न नगरे ठेका रद गर्ने पनि जानकारी दिए ।

पटकपटक निर्माण सञ्चालन गर्न र तोकिएको समयमै काम सक्न हामी कार्यालय धाउँदासमेत कार्यालयले ८ वर्षसम्म औपचारिक रुपमा सम्बन्धित कम्पनीलाई ताकेता गरिएको छ । ‘अब सडक डिभिजन कार्यालयको निर्देशन नमान्ने कन्सल्टेन्सीलाई कारबाही गर्ने चेतावनी दिएका छौं,’ डिभिजन प्रमुख अधिकारीले थपे, कन्ट्र्याक्टरको क्षमता कमजोर देखियो, जसले गर्दा तोकिएको समयमा पुल बन्न सकेनन् ।’ कार्यालयले बारम्बार ताकेता र अनुगमन गरेर सुझाएको उनले बताए । कन्ट्र्याक्टरले चाहेको समयमा जुनबेला पनि काम गर्ने र नचाहेको बेला कामै नगर्ने गरेको उनको भनाइ छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले, अबको एक वर्षमा पुल निर्माण नगरे अर्को ठेक्का खोलेर पनि काम छिटो गराउनु लगाउने बताए । ८ वर्षसम्म निर्माण कम्पनि र सडकडिभिजन कार्यालयकै कारण पुल निर्माण हुनु सकेको हैन । अब जसले काम छिटो गर्छ उसैलाई ठेक्का दिने जानकारि दिए । पटक पटक छिटो पुलनिर्माण गर्न ताकेदा गर्दा समेत पुल निर्माण भएन दुखको कुरा हो ।

कर्णाली करिडोर आयोजनाअन्तर्गत खुलालु पुल निर्माणमा भएको ढिलाइले कालिकोट, बाजुराको आधा, हुम्ला र मुगु सडक सञ्जाल जोडिनबाट वञ्चित भएको छ । पुल नबन्दा दुवै जिल्लाका स्थानीय आवतजावतका लागि एकसिजनने कृष्टि मार्फत र झोलुंगे पुलको भरमा छन् । समयमा पुल निर्माण नहुँदा करिडोरको स्तरोन्नति गर्ने कार्यमा समेत बाधा पुगेको छ । सडक नेपालि सेनाले बनाई सकेको छ, पुल निर्माण अलपत्र पर्दा सडक बनेपनि गाडी संचालन नहुदा सयौँ यात्रुहरु प्रदोलमै यात्रा गर्नु परेको छ । केष्टि मार्फत तारेर लगेका जिवहरुले मनोमानि यात्रुहरुवाट भाड लिँदा यात्रुहरु ठगिनु परेको छ । यदी पुल भैदिएको भए । ठुलासाना गाडीहरु सुर्खेत, नेपालगंज, काठमाडौँबाट सिधै कालिकोट, बाजुरा, हुम्ला पुग्थे ।

खुलालु पुल नबन्दा यातायात सञ्चालन र छिमेकी जिल्लाहरुको आर्थिक तथा सामाजिक सम्बन्ध समेत टुटेको रास्कोट नगरपालिका प्रमुख काँशिचन्द्र बरालले बताए । बारम्बार टेलिफोनबाट कर्णाली करिडोर जोड्ने खुलालु पुल ठेकेदारलाई पुल बनाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले बताए । ‘मैले हार खाइसकेँ, छिटोछरितो पुल निर्माणका लागि सम्बन्धित पक्षलाई पटक–पटक अनुरोध गरिसकेँ तर सुनुवाइ भएन’, उनले भने, ‘पुलको निर्माण दुतगतिमा लैजान प्रतिनिधि सभाका सांसद र राष्टिय सभाका सांसदसंग पनि पटक पटक आग्रह गरेको बताए । सो पुलको शिल्यानेश २०७९ सालमा भौतिक यातायात तथा पुर्बधारमन्त्री बिमलेन्द निधिले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार