खास्ती नेवाः पुचःको पर्यटन वर्षलक्षित अभियान


काठमाडौ, ५ कात्तिक । खास्ती नेवाः पुचःले ‘नेपाल भ्रमण वर्ष–२०२०’लक्षित प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ । स्थानीय कला संस्कृति संरक्षणसहित सामाजिक सद्भाव र एकताको मुलभूत सन्देश प्रवाह गर्ने उदेश्यसाथ काठमाडौं बौद्धस्थित खास्ती नेवाः पुचःले आगामी ९ देखि १२ कात्तिकसम्म पर्यटन वर्षलक्षित कार्यक्रम गर्न लागेको हो ।

सो संस्थाले आगामी ९ कात्तिक शनिबार बिहान ७ बजे बौद्धढोकाबाट साइकल ¥याली गर्ने छ । ¥यालीमा करिब ६÷७ सयजना सहभागी हुने अपेक्षा गरिएको छ ।यसैगरी, आगामी ११ कात्तिकमा बौद्ध क्षेत्रमा वृहत सरसफाई र १२ कात्तिकमा ‘न्हु दँ ११४०’को अवसरसँगै पर्यटन वर्षलक्षित कार्यक्रम गरिन लागिएको हो । खास्ती नेवाः पुचःको आयोजनामा हुने कार्यक्रम संयोजक भने श्रीबौद्धनाथ क्षेत्र विकास समिति रहेको छ ।विविध कार्यक्रमबारे जानकारी दिन सोमबार बौद्धनाथ क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा खास्ती नेवाः पुचः अध्यक्ष दिनेश श्रेष्ठ र प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक मजेन्द्र सिंहले यसअघि पनि हरेक वर्ष ‘न्हु दँ भिन्तुना’को अवसरमा गर्दै आएको कार्यक्रमभन्दा यसवर्ष केही फरक हुने उल्लेख गरे ।सरकारले मनाउँदै गरेको पर्यटन वर्ष–२०२० लाई सहयोग पु¥याउने उदेश्यसाथ कार्यक्रम गरिन लागेको उनीहरूले प्रस्ट पारे । विश्व सम्पदामा सूचीकृत बौद्धनाथ क्षेत्रमा साइकल ¥यालीदेखि मौलिक सांस्कृतिक कार्यक्रम एवं नेवारी भोज कार्यक्रम हुने जनाइएको छ । यस नेपाल संवत्को अवसर पारी

‘भ्रमण वर्ष’मा आन्तरिक पर्यटन प्रवद्र्धन उद्देश्य साथ मनाउने तयारी गरिएको कार्यक्रम संयोजक सिंहले बताए । उनका अनुसार आगामी ११ र १२ कात्तिकमा बृहत् सरसफाइसँगै न्हु दँ ११४० को अवसरमा बौद्ध मन्दिर परिसरमा मण्डला बनाउने र सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको छ ।यसैगरी, उनले सोही दिन भिन्तुना ¥यालीसहित नेवारी भोजसमेत व्यवस्था गरिएको जानकारी दिए । २०६४ सालमा स्थापित पुचःले बौद्धनाथ महास्तुपामा हुने रोपाइ“ जात्रा, अजिमा ९मामला० जात्रा, बुद्ध जयन्ती र तेमाल जात्रामा सहभागिताका साथै विभिन्न कार्यक्रम गर्दै आएको छ ।कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समिति कार्यकारी निर्देशक वसन्त लामाले स्थानीय संस्थासँगको सहकार्यमा हुने कार्यक्रम सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० को लक्ष्य प्राप्तिमा फलदायी र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार