भोजपुर, ३० असोज ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले आगामी कार्तिक ९ गते शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । यहि अघि कात्र्तिक ८ मा गर्ने भनिएको भएपनि प्रमुख अथितिको समय नमिलेपछि मिति परिवर्तन गरिएको जनाइएको छ ।
नेकपाले बडा दशैं, शुभदिपावली, उधौली, नेपाल सम्वत ११४० , ल्होसार तथा छठ पर्व २०७६ को अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको नेकपा भोजपुरले जनाएको छ । बिहान११ बजे जिल्ला समन्वय समिति भोजपुको सामुदायिक हलमा हुने कायृक्रमको प्रमुख अतिथि प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राई रहने नेकपा नगर कमिटि सचिव सरण कुमार तामाङले राईले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि र नगर कमिटि भोजपुरको आयोजनामा हुने कार्यक्रममा उपस्थितिका लागि जिल्लावासी सबैलाई निमन्त्रण गरिएको नेकपा भोजपुरले जनाएको छ ।