दाङको जंगलमा विप्लव समूहको बैठकमा प्रहरीको छापा, विप्लवका दाजुसहित २१ पक्राउ


 

दाङ, ३० असोज । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ का दाजुसहित सो समूहका २१ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

राससका अनुसार पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो । चन्द ‘विप्लव’ का दाजु हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार