धनगढी विमानस्थल नाफामा


धनगढी, २९ असोज । धनगढी विमानस्थल विगत दुई वर्ष यता नाफामा सञ्चालन हुँदै आएको छ । यो विमानस्थलमा काठमाडौंबाट लागि निजी कम्पनीका बुद्ध एयर, श्री एयरलायन्सले दैनिक दुई÷दुई उडान तथा नेपाल वायुसेवा निगमले साताको तीन दिन उडान भर्ने गरेको छ ।
हाल यो विमानस्थलमा काठमाडौं–धनगढी–काठमाडौं नियमित उडान हुने गरेको छ । नियमित रूपमा उडान भर्न थालेपछि हवाई यात्रा गर्नेहरूको संख्यामा वृद्धि भएको धनगढी विमानस्थलले जनाएको छ ।
धनगढी विमानस्थलको आर्थिक वर्ष २०७३/७४ सम्म आम्दानीभन्दा बढी खर्च हुने गरेकोे तथ्यांक रहेको छ । धनगढी विमानस्थलमा आर्थिक वर्ष २०७४/७५ देखि साताको तीन दिन पा“च र चार दिन चारवटा उडान हु“दै आएको छ । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुडथापाका अनुसार जति हवाई उडान बढ्छ । त्यत्ति नै विमानस्थलको आम्दानी पनि बढ्छ । धनगढी विमानस्थलले सञ्चार तथा उड्डयन सहायक सेवा, अवतरण, पार्किङ, भूमि प्रबन्धलगायतका कम्तीमा पनि दुई दर्जन सेवाबाट शुल्क, भाडा, दस्तुर रोयल्टीलगायत संकलन गर्ने गरेको छ । उनले दुई वर्ष यता धनगढी विमानस्थलको आम्दानीमा सुधार भइरहेको बताए ।

धनगढी विमानस्थलको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा १ करोड २१ लाख ११ हजार रुपैया“ आम्दानी गरेकोमा २ करोड २५ लाख ५ हजार रुपैया“ खर्च भएको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा धनगढीमा उडान सेवा थपिएसँगै विमानस्थलको आम्दानी २ करोड २९ लाख ८५ हजार रुपैया“ भएको थियो भने खर्च १ करोड ८५ लाख ५ हजार रुपैया“ भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा धनगढी विमानस्थलले २ करोड ७६ लाख ९० हजार ५ सय रुपैया“ आम्दानी गरेको थियो भने २ करोड १५ लाख ४८ हजार ३ सय रुपैया“ खर्च गरेको थियो ।
धनगढी विमानस्थलले प्रतियात्रु सेवा शुल्क २ सय रुपैया“, तोकेको समयभन्दा पछि प्रदान गरिएको सेवाबापत प्रतिविमान ३ हजार रुपैया“ शुल्क लि“दै आएको छ । त्यस्तै, विमान अवतरण, पार्किङलगायत अन्य सेवाबाट पनि विमानस्थलले शुल्क लि“दै आएको छ ।

‘विमानस्थलबाट दैनिक ६ सय बढी यात्रु ओहोरदोहोर गर्ने गरेका छन्,’ धनगढी विमानस्थलका प्रमुख बुडथापाले भने, ‘दुई वर्षअघि दुई विमानले मात्र उडान भर्ने हु“दा यात्रुहरूले काठमाडौं जानका लागि सडक यात्रा अथवा नेपालगन्ज विमानस्थलबाट हवाई यात्रा गर्नुपर्ने अवस्था रहेको थियो ।’
उनले विमानस्थल विस्तारका लागि आवश्यक पर्ने २१ कठ्ठा जमिन अधिग्रहण गरेर विमानस्थलको नाममा नामसारी गरिसकेको बताए । अब धनगढी विमानस्थलको नाममा ७० बिघा जमिन आएको छ, उनले भने ।
विमानस्थल प्रमुख बुढथापाका अनुसार कुल १ हजार ८ सय मिटर रनवे स्तरोन्नति गर्नुपर्नेमा ४८० मिटर अझै बा“की रहेको छ । उनले विमानस्थलको रनवे स्तरोन्नतिका लागि १८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको बताए । सुदूरपश्चिम प्रदेशमा हाल कैलालीको धनगढी, अछामको सा“फेबगर र बाजुराको कोल्टी विमानस्थल सञ्चालनमा रहेका छन् । तर, यस प्रदेशको नाफामा रहेको विमानस्थल धनगढी विमानस्थल मात्रै हो । धनगढी विमानस्थलका प्रमुख बुडथापाले भने, ‘प्रदेशका अन्य जिल्लामा पनि उडान भर्न सके यस प्रदेशका स्थानीयलाई अझ सहज हुने थियो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार