पोखरा । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिनुभयो । तालचोकबाट विजयपुर आउँदै गरेको ग२च ९९५० नम्बरको बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग१५प ४३८० नंको स्कुटर ठोकिएका थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुईको मृत्यु
-
भोजपुरमा सेनाको पहलमा ‘अभ्यास मनसुन–६’ सम्पन्न
-
नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–छ’ सञ्चालन हुँदै
-
कृषिमा आधुनिकीकरणतर्फ पौवादुङमा : ३ सयभन्दा बढी किसानलाई ‘मिनिटिलर’
-
कोटमा ‘एक घर–एक धारा’ अभियानले नागरिकलाई सहजता
-
रामप्रसादराईद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान
-
भोजपुरमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रणबारे सचेतना कार्यक्रम
-
लुकेका प्रतिभा उजागर गर्न रामप्रसादराईमा ‘विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम’
-
भोजपुरका चार पत्रकार पुरस्कृत
-
हतुवागढी गाउँपालिकामा कर सम्बन्धि सेवा शुरुवात
-
भोजपुरमा रामप्रसादराई गाउँपालिकाको सबैभन्दा कम बेरुजु




















