संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मा बोटबाटै १५ लाख मूल्य बढीको रुद्राक्ष चोरी भएको छ। गएराति खाँदबारी–३ सार्के गाउँमा १५ लाख बढीको रुद्राक्षको दाना चोरी भएको हो । अज्ञात समूहले रातको समयमा रुद्राक्ष चोरी गरेको पीडित देवराज पुरीले बताए । बोटको हाँगा काटेर सबै दाना टिपेर लगेको पुरीले बताए । कृषक झलक बुढाथोकीले दुई वर्षका लागि देवराज पुरी र रमेश भण्डारीलाई रुक्र रुद्राक्ष १५ लाखमा ठेक्का दिएको थियो । पुरीले भने हामी दशैंअघि नै टिप्ने तयारी हुँदा÷नहुँदै चोरी भएछ। भोजपुर र संखुवासभामा पछिल्लो समय चोरीको घटना तीब्र बढेको छ। यो वर्ष मात्रै संखुवासभाको पाँचखपन नगरपालिका, चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिको कुदकाउले र देउरालीबाट चार करोड बढीको रुद्राक्षको चोरी भइसकेको छ। पछिल्लो समय रुद्राक्षको व्यापारमा वृद्धि भएसँगै चोरी र लुटपाटको घटनामा वृद्धि हुन थालेको हो ।
संखुवासभामा बगानबाटै १५ लाख रुपैयाँ बराबरको रुद्राक्ष चोरी
-
भोजपुरमा सेनाको पहलमा ‘अभ्यास मनसुन–६’ सम्पन्न
-
नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–छ’ सञ्चालन हुँदै
-
कृषिमा आधुनिकीकरणतर्फ पौवादुङमा : ३ सयभन्दा बढी किसानलाई ‘मिनिटिलर’
-
कोटमा ‘एक घर–एक धारा’ अभियानले नागरिकलाई सहजता
-
रामप्रसादराईद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान
-
भोजपुरमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रणबारे सचेतना कार्यक्रम
-
लुकेका प्रतिभा उजागर गर्न रामप्रसादराईमा ‘विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम’
-
भोजपुरका चार पत्रकार पुरस्कृत
-
हतुवागढी गाउँपालिकामा कर सम्बन्धि सेवा शुरुवात
-
भोजपुरमा रामप्रसादराई गाउँपालिकाको सबैभन्दा कम बेरुजु




















