
भोजपुर, १३ असोज ।
चाडपर्वका वेला आगमनलाई सहज र सरल बनाउनका लागि जिल्ला प्रवेश गर्ने मार्ग हिले लेगुवा सडक खण्डमा सडक आयोजना कार्यालय र निमार्ण व्यवसायीलाई तैनाथ रहन आग्रह गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय भोजपुरमा प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले यस्तो आग्रह गरेको हो ।
निरन्तर वर्षा भइरहेकाले हिले लगेवा सडक खण्डमा बाटो पटक पटक अवरुद्ध भएकाले आयोजना र सम्बन्धीत व्यवसायी मार्फत स्काभेटर तैनाथ राखी सवारी आगमनलाई सुचारु गरी सडक स्तरउन्नतीको कामलाई तिव्रता दिन बैठक मार्फत आग्रह गरेको हो । संघीय सांसद सुदन किराँतीको उपश्थीतीमा बसेको बैठकले सबै स्थानीय तहहरुले वर्षा कम हुन साथ आ– आफ्नो स्रोत साधनको प्रयोग गरी स्थानीय कृर्षी सडक सुचारु गराउने निर्णय गरेको छ भने चाडपर्वको बेला हुन सक्ने अवान्छीत गतिविधि हुन नदिन सुरक्षा निकायले आपसी समन्वय गर्ने निर्णय गरेको छ ।
त्यस्तै लागुऔषध नियन्त्रण सम्बन्धी तयार पारेको कार्ययोजना पनि कार्यान्वयनमा लैजाने निर्णय भएको छ । बैठकमा स्थानीयतहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकाय, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणीज्य संघ, नागरीक समाज, संघ संस्थाका प्रतिनिधि पत्रकार लगाएतको सहभागीता रहेको थियो ।





















