धरहरा निर्माणको काम २६ प्रतिशत सकियो


काठमाण्डौ, २६ भाद्र । ऐतिहासिक धरहरा पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

पुनर्निर्माण प्राधिकरणमा बिहीबार भएको प्रगति समीक्षा कार्यक्रममा निर्माण कम्पनी जीआईइटीसी–रमन जेभीका कन्ट्र्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले यस्तो जानकारी दिए ।

महतोले आफूलाई प्राप्त निर्माणस्थलका हिसाबले ६७।५ प्रतिशत प्रगति भएको बताए ।

धरहरा पुनर्निर्माणका क्रममा अहिले धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको छ । त्यसैगरी, गोश्वारा हुलाक रहेका भवनहरु भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरु हाल्ने कार्य चलिरहेको छ ।

समीक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरु समानान्तर रुपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए। त्यसक्रममा उहाँले गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्न समेत जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार