कृषिलाई औद्योगिकीकरण गर्छौस् मुख्यमन्त्री पोखरेल


बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कृषिलाई औधोगिककरण गरेर समृद्धि ल्याउने बताएका छन् । बुधवार गुल्मीको धुर्कोट गाँउपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । भवन उद्घाटन गर्दै उनले विकास र समृद्धि प्रदेश सरकारको एजेण्डा भएको बताए । देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै कानुन प्रदेश ५ ले बनाएको दाबी गर्दै विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएको समेत बताए । उनले कृषिमार्फत रोजगारी सिर्जना गर्ने, तीन बर्षभित्र आधारभूत खानेपानी पुर्याउने, ९० प्रतिशत अनुदानमा सोलार पुर्याइदिने लगायतका योजना प्रदेश सरकारले अगाडी सारको बताए ।

उनले तम्घास सालझण्डी तम्घास सडक र स्थानीय तहको केन्द्रदेखि वडा कार्यालयसम्म पुग्ने मोटर बाटो पिच गर्ने जिम्मा प्रदेश सरकारले लिएको सुनाए । मुख्यमन्त्री पोखरेलले आगामी असार मसान्तसम्म सबै आयोजना सम्पन्न गर्ने, आर्थिक बृद्धिदर र प्रतिव्यक्ति आय उच्च गराउने, कृषि उद्योग मार्फत प्रदेशलाई समृद्ध बनाउने लगायतका योजना रहेको पनि जानकारी गराए ।

धुर्कोट गाँउपालिकाको भवन १ करोड ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । गत आर्थिक बर्षमा सुरू भएको भवन निर्माण कार्य यस आर्थिक बर्षमा सम्पन्न भई कार्यालय सञ्चालनमा ल्याइएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

उपप्रमुख शिबबहादुर खत्रीले अर्को प्रशासकिय भवन पनि निर्माणको अन्तिम चरणमा रहेको बताए । उद्घाटन कार्यक्रमकै अवसरमा जग्गादातालाई पनि सम्मान गरिएको थियो । गाउँपालिका भवन बनाउका लागि स्थानीयले निःशुल्क ८ रोपनी जग्गा समेत प्रदान गरेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार