जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


मकवानपुर ।मकवानपुरकी एक २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राक्सिराङ गाउँपालिका(१ कुविनटार बस्ने ४२ वर्षीय बिक्रम ब्लोनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ब्लोनले ती महिलालाई गत शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार