पाँचथर । सालकको खबटा सहित एक ब्यक्तिलाई पाँचथर र ताप्लेजुङको सीमाना हपुखोला बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ नगरपालिका २ वस्ने ६२ वर्षिय विक्रम ईवाराम लिम्बू रहेका छन् । ६ सय ग्राम सालकको खबटा सहित हपुखोला बाट ताप्लेजुङ तर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बिहिबार पक्राउ गरिएका ईवारामलाई डिभिजन वन कार्यालय पाँचथरमा आज बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।