दुई जना मन्त्री भएको क्षेत्रमा सडकको अबस्था जिर्ण


बिराटचौक । मोरङको क्षेत्र नम्बर ३ र ६ मा पर्ने सुन्दरहरैचा नगरपालिका क्षेत्रबाट निर्वाचित दुई सांसद यतिबेला संघिय सरकारमा मन्त्री छन । त्यहि क्षेत्रमा सडकको दुराबस्था छ तरपनि उनीहरु चुपचाप बसेका छन । सो क्षेत्रबाट लालबाबु पण्डित र भानुभक्त ढकाल हाल मन्त्री छन । तर मन्त्री हुँदा समेत उक्त सडकको अवस्था बारे उनीहरु बेखबर देखिन्छन । सम्बन्धित निकायलाई खबरदारी गरेको समेत पाईएको छैन । उक्त क्षेत्रबाट निर्वाचित प्रदेश सांसद राजाकुमार ओझा र लोकप्रसाद सङ्ग्रौला प्रदेशसभामा सांसद रहेका छन भने राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझि समेत यहि क्षेत्रका हुन ।

उनीहरुले पटक पटक प्रदेशसभा र प्रतिनिधि सभामा आवाज उठाउँदा समेत उक्त सडक मर्मतमा सम्बन्धित निकायको ध्यान नदिएको बताउँछन । हाल भत्किएकै सडकका कारण उक्त क्षेत्रमा दैनिकी सडक दुर्घटना हुने गरेको छ । पानी परेकै कारण उक्त सडक भत्किएको बताउँदै आएको सडक डिभिजन कार्यालय मोरङको यो निर्णय देखी स्थानिय जनतामात्र हैनन केही समय अनुगमन गर्न उक्त सडकमा आएका सार्वजनिक लेखा समितिका सभापति शिव नारायण सिहं गंगाई समेत अचम्मित् परेका छन ।

उनले उक्त सडक मर्मत गर्दा अनियमिता भएको आरोप लगाउदै यसको छनविन गरिने बताएका थिए । तर गंनगाई सहितको टोलीले सडक अनुगमन गरेको १५ दिन भन्दा बढी हुँदा समेत छानबिन हुन सकिरहेको छैन । करिब ३ महिना अघी निर्माण गरिएको मोरङको सुन्दरहरैचा नगरपालिका स्थित पुर्व पश्चिम लोकमार्गको अवस्था झन झन विग्रदै गएको छ । सडक मर्मत तथा सम्भारमा सडक डिभिजन कार्यालय मोरङले ३ महिना अगाडि उक्त सडक मर्मतको लागी गीताञ्जली जोशीला जेभी निर्माण कम्पनिलाई ठेक्का लगाएको थियो ।

ठेक्केदार कम्पनिले सडक निर्माण गर्दा कमसल वस्तु प्रयोग गरिएको कारण उक्त सडक बिग्रीएको स्थानियको भनाइ छ । जनप्रतिनिधिकै कुरा सम्बन्धित निकायले नसुन्दा यतिखेर उक्त क्षेत्रका बासिन्दाले जनप्रतिनिधिको समेत सडक निर्माणमा अनियमितता गर्ने काममा संलग्नता रहेको हुन सक्ने आरोप लगाएका छन । सडक बिग्रीएको ३ महिना भन्दा बढी हुँदा समेत पुन निर्माण नगरिँदा दुर्घटनाको जोखिम बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार