ओखलढुंगा । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ९ को स्वास्थ्य चौकीका अहेब मृत अवस्थामा फेला परेका छन् । ज्यामिरे स्वस्थ्य चौकी’का अहेब अन्दाजी ४१ वर्षीय पृथ्वी बहादुर बानियाँ मृत अवस्थामा फेला परेका हुन् । कार्यलय हिडेका बानियाँले स्थानीय कुमार वाग्लेले पसलबाट चारवटा प्लाष्टिको बोटलमा रहेको मादक पदार्थ सेवन गरेका बताइएको छ ।
बुधबार बिहान घरबाट कार्यलय हिँडेका बानियाँ मध्यान्ह मृत अवस्थामा फेला परेका स्थानीय टोकल श्रेष्ठले जानकारी दिए । ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताए । उनले मृतकले मादक पदार्थ सेवन गरेको भएपनि अनुसन्धान पछि मृत्युको कारण पत्ता लाग्ने बताए ।