कार्य सम्पादन सम्झौतामा हस्ताक्षर


भोजपुर, २ भाद्र ।

आर्थिक वर्ष ०७६/०७७ को कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । कामहरुको पहिचान तथा वस्तुनिष्ठ बैज्ञानिक सुचाङ्क सहितलाई आधार मानेर तयार गरिएको कार्य सम्पादन सम्झौतामा शुक्रबार हस्ताक्षर भएको हो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा र सहायक प्रमुख जिल्ला अधिकारी द्धोय प्रयास भट्राई र कृष्ण बहादुर बस्नेत विच सम्झौतामा हस्ताक्षर भएको हो । कार्य सम्पादन सम्झौता भित्र सम्झौताको अवधि २०७६ साउन १ देखि २०७७ साल अषाढ मसान्त सम्म हुने भनिएको छ ।

कर्मचारीलाई व्यवसायीक, जिम्मेवार तथा उत्तरदायी बनाउन निजामती सेवा ऐन २०४९ को दफा १५.२ र निजामती सेवा नियमावली २०५० को नियम ३४ को (ख) मा कार्यसम्पादन सम्झौता गर्ने प्रावधान अन्तर्गत कार्यसम्पादान सम्झौतामा हस्ताक्षर गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार