करेन्ट लागेर चितवनमा १ जनाको मृत्यु


चितवन । भरतपुर महानगरपालिका–११, अमनचोकमा शनिबार साँझ करेन्ट लागेर १ जनाको ज्यान गएको छ । पर्सा पोखरीया नगरपालिका–३ स्थायी घर भएका ३१ वर्षीय अनरजित मुखियाको करेन्ट लागेर ज्यान गएको हो । प्रहरीका अनुसार पानी तान्ने मोटरबाट चुहिएको करेन्ट लागेर मुखिया घाइते भएका थिए । घाइते उनलाई भरतपुर अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो ।

उनी भरतपुरमा मजदुरी गर्दै आइरहेका थिए । मुखियाको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार