
बुटवल । दाङ्गमा ट्रकको ठक्करबाट शनिवार दिउँसो दुई जनाको ज्यान गएको छ ।लमही नगरपालिका–९ , रिहारस्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा१प ११३१ नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना३च ३४०३ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको उपचारका क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी विनोदविक्रम शाहले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका–५ धर्ना बस्ने ४२ वर्षीय विनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका–४ कारकादोका ४५ वर्षीय रमेश बस्नेतको ज्यान गएको हो । उनीहरुको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी शाहले बताए




















