होटल परिसरमा युवकको मृत्यु, बाथरुममा रगतको आहाल


दोलखा । दोलखाको सदरमुकामम चरिकोट चरिघ्याङस्थित पानारोमा रिसोर्ट नजिकै गम्भीर अवस्थामा भेटिएको युवकको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–४ का २० वर्षीय पवन बस्नेतलाई गम्भीर अवस्थामा प्रहरीले फेला पारी उपचारार्थ चरिकोट प्रस्थापित अस्पतालमा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला कार्यालय दोलखाले जनाएको छ । बस्नेतलाई दुई÷तीन जनाको समूहले नाङ्गेझार पारी सडक छेऊबाट करीब एक किलोमिटर टाढा लगी हतियारले प्रहार गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । रिसोर्टमा बास बस्ने विदेशी नागरिकले हल्लाखल्ला र चित्कार सुनेको होटलवालालाई सुनाएपछि होटलवालाले प्रहरीलाई खबर गरेको थिए । सडकको छेउमा एउटा जुत्ता र सट भेटिएको र रिसोर्ट किचेन छेउको बाथरुमको बाहिरी भित्तामा रगतको आहाल रहेको प्रहरीले जनाएको छ । मृतक बोलेरो चालक हुन् । अनुसन्धानका लागि उनका साथीलाई प्रहरीले गिरफ्तार गरेको बताएको छ । उनको शव चरिकोटस्थित शवगृहमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार