वडा अध्यक्ष पाण्डेको स्मृतीमा शोक सभा सम्पन्न


भोजपुर ३२ साउन ।  भोजपुरको पौवादुङ्मा गाउँपालिकामा शोक सभा सम्पन्न भएको छ । वडा नम्बर १ श्यामशिलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधनको १५ औं दिनको पुण्यतिथिको अवसर पारेर गाउँपालिकाको कार्यालय च्याङगे्रमा शोक सभाको आयोजना गरिएको हो । शोक सभामा स्वर्गीय अध्यक्ष पाण्डेको फोटोमा पुष्प गुच्छाअर्पण गरिएको छ । शोक सभामा बोल्ने अधिकांश बत्ताले वडा अध्यक्ष पाण्डेले देखाएको बाटोमा लागे मात्र सिङ्गो गाउँपालिका र देशनै उन्नती र प्रगतीको बाटोमा लाग्ने बताएका छन् । शोकसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा १ नम्बर प्रदेश सभा सदस्य राजेन्द्र कुमार राईले एउटा असल जनप्रतिनिधि गुमाउनु परेकोमा दुख व्यक्त गर्दै उनले पाण्डेका योजनालाई साकार पार्नुनै उनी प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । साथै राईले स्वर्गाीय वडा अध्यक्ष पाण्डेले देख्नु भएका सपना साकार बनाउनको लागि उनको विचारको अनुशरण गर्दै उनको सिद्धान्तलाई मुर्त रुप दिन सबै एक जुटहुनु पर्ने बताए । कार्यक्रममा जिल्ला स्थित राजनितिक दल , नागरिक समाजा , विभिन्न सरकारी तथा गैरसरकारी  संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, स्थानिय जनता लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष किरण राईले वडा अध्यक्ष पाण्डेले सुनौलो अक्षरले आफ्नो नाम लेखाएर गएको र उनले देखाएको बाटोहरु पुरा गर्नका लागि सदैब लाग्ने बताए । त्यस्तै गाउँपालिकाका जनताको मनोभावना अनुसार काम गर्ने समेत राईले बताए । स्वर्गाीय वडा अध्यक्ष पाण्डेका सपना साकार पार्न आफ्नो गाउँपालिकाको मात्र सहयोग नभई छिमेकी गाउँपालिकाको पनि सहयोाग आवश्यक हुने बताए । वडा अध्यक्ष पाण्डेको गत १८ गते ७२ वर्षको उमेरमा निमोनीयाका कारण विवि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार