
काठमाडौं । सप्तरीमा जीप मा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १६ च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार रहेका प्रहरी असई सचितानन्द यादवले बताए ।
उनका अनुसार जीपमा सवार अन्य यात्रु सामान्य घाइते भएका छन् । घाइतेको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।




















