धनुषामा प्रहरीको बीचबाटै यसरी फरार भए अभियुक्त


जनकपुर। जिल्ला प्रहरी कार्यालय धनुषाबाट एक अभियुक्त फरार भएका छन् । प्रहरीको भरीभराउ रहने र सुरक्षा अवस्था चुस्त दुरुस्त रहने जनकपुरस्थित प्रहरी कार्यालयबाट करणी आरोपित अभियुक्त फरार भएका हुन् । यो घटनाले प्रहरीमाथि नै शंका उब्जिएको पीडितको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट जबरजस्ती करणी मुद्दा खेपिरहेका सिरहाका २० वर्षका राममणि यादव फरार भएका हुन् । बिहीबार दिउँसो बयानको लागि जिप्रका धनुषा अन्तर्गत अपराध अनुसन्धान शाखामा लगिएको बेला अभियुक्त यादव फरार भएको जिप्रका धनुषाले पुष्टि गरेको छ ।

उनलाई जबरजस्ती करणी अभियोगमा पक्राउ गरेर अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो । प्रहरीको रोहबरमा बयानका लागि अपराध अनुसन्धान शाखा लगिएका यादव मौका छोपेर फारर भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
यता, फरार यादवको खोजी कार्य तीव्र पारिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार