भोजपुर, ३० साउन । षडानन्द नगरपालिकाको दिंलामा सामुहिक स्नान कार्यक्रम आयोजना गरिएको छ । धार्मिक सहिष्णुता कायम गर्ने उदेश्यका साथ षडानन्द सिताराम गुठीको धार्मिक समितिले जनै पूर्णिमाको अवसरमा स्नान कार्यक्रमको आयोजना गरेको हो ।धर्मको रक्षा गरेमा मात्र हामि सवैको रक्षा हुने भएकोले षडानन्द गुरुले शुरुवात गरेको यो कार्यलाई ५ दशक पछि पुनः निरन्तरता दिईएको गुठीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिए । यो कार्यक्रमको स्थानियले खुलेर पसंसा गरेका छन् । सहभाव र सह अस्तित्वको चाडको रुपमा यसलाई मनाईएकोमा षडानन्द नगरपालिकाका प्रमुख प्रशाकिए अधिकृत विष्णु प्रसाद कोईरालाले खुशी व्यक्त गरे । त्यस्तै टिएमके वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा नेकपाका १ नम्वर प्रदेस कमिटि सदस्य दिल कुमार राईले यस कार्यक्रमले जातिय विभेदको अन्त्य गर्दै समाजको विकासमा कोशेढुङ्गा सावित हुने विचार राखे ।
षडानन्द नगरपालिकाका मेयर विरवल राईले राष्ट्रको विकासका लागि पनि धर्मको रक्षा गर्नुपर्ने भएकोले यस्ता कार्यक्रमले देश विकासमा समेत योगदान पुर्याउने वताए । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी, व्यापारी, शिक्षक लगायत षडानन्द नगरपालिकाको वडा नम्वर ४,५,६,७,८ का क्षेत्रि,व्राम्हण,राई, तामाङ्ग, नेवार, खडगी, दलित लगायतका सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । वैदिक गुरु परम्परा अनुसार बिहानै गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दा जानी नजानी गरिएको पाप पखालिने जन विश्वास रहेको छ । कार्यक्रकका संयोजक हरि भित्रिकाटीले वताए ।