प्रधानमन्त्री ओली स्वदेश फर्किँदै


काठमाडौं । स्वास्थ्य परीक्षणका लागि साउन १८ मा सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किँने भएका छन् । प्रधानमन्त्री ओली दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। नियमित स्वास्थ्य परीक्षणका लागि गएका उनी शनिबार नै स्वदेश फर्कने कार्यक्रम भएता पनि दुई दिन बसेर सोमबार फर्किन लागेका हुन्। १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। ओलीसँग पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिव्या सिंहलगायतको टोली सिंगापुर गएको छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार