काठमाडौं । सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ ।वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान सुरु गरेको हो । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियानको विधिवत थालनी गरे ।नागढुंगादेखि थानकोटसम्मको तीन किलोमिटर सडकको निर्माणकार्य सम्पन्न भएकाले सो स्थानमा वृक्षारोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सह–सचिव डा। रामप्रसाद लम्साललले जानकारी दिए ।लम्सालले विस्तार जारी रहेका सडकको काम सकिएपछि क्रमशः कलंकीसम्मै वृक्षारोपण गरिने जानकारी दिए । यसअघि मन्त्रालयले कोटेश्वर–कलंकी सडकखण्डमा वृहत वृक्षारोपण गरिसकेको छ । मन्त्रालयले देशभर पाँच करोड वृक्षारोपण गर्ने योजनाअनुसार अभियान सञ्चालन गरेको छ
हरियाली हुँदै नागढुंगादेखि कलंकीसम्मको सडक
-
यशोधराका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण
-
मङ्सिरमा कोप्चे–तावाभञ्ज्याङ प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’
-
समाज परिवर्तनमा युवाको सकृयता : विहानी एफसीको उदाहरणीय अभियान
-
देउराली पार्क: युवाहरुको प्रयासले बनेको आकर्षक स्थल
-
भोजपुरमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, चार घाइते
-
वर्षातले खेतमै सड्न थाल्यो धान, समस्यामा भोजपुरका किसान
-
समाजसेवी राईद्धारा ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण
-
पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र
-
वडाको पहलमा भुल्केका १०७ घरमा केन्द्रीय विद्युत जडान
-
बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण















