काठमाडौं । सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ ।वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान सुरु गरेको हो । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियानको विधिवत थालनी गरे ।नागढुंगादेखि थानकोटसम्मको तीन किलोमिटर सडकको निर्माणकार्य सम्पन्न भएकाले सो स्थानमा वृक्षारोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सह–सचिव डा। रामप्रसाद लम्साललले जानकारी दिए ।लम्सालले विस्तार जारी रहेका सडकको काम सकिएपछि क्रमशः कलंकीसम्मै वृक्षारोपण गरिने जानकारी दिए । यसअघि मन्त्रालयले कोटेश्वर–कलंकी सडकखण्डमा वृहत वृक्षारोपण गरिसकेको छ । मन्त्रालयले देशभर पाँच करोड वृक्षारोपण गर्ने योजनाअनुसार अभियान सञ्चालन गरेको छ
हरियाली हुँदै नागढुंगादेखि कलंकीसम्मको सडक

-
पाँचधारेमा कृषि उपज संकलन तथा बिक्री केन्द्र बनाउन टेम्केमैयुङ र भारतीय दूतावास बीच समझदारी पत्रमा हस्ताक्षर
-
सेवा प्रवाहमा नयाँ अभ्यास : रामप्रसादराईको काठमाण्डौमा घुम्ती शिविर
-
देवानगञ्ज घटनाप्रति विश्व हिन्दु महासंघ भोजपुरको चिन्ता, सद्भाव कायम राख्न आग्रह
-
बोखिममा ६ सय घरपरिवारलाई विद्युतिय चुलो वितरण
-
भोजपुरमा ४४औँ बीपी स्मृति दिवस तथा कांग्रेसको ‘जरा अभियान’ सम्पन्न
-
जिल्ला प्रशासन भोजपुरको नयाँ अभ्यास : कार्यालय प्रवेश गरेको एक घण्टाभित्रै प्रशासनिक सेवा
-
भोजपुर प्रहरीको वार्षिक कार्य सम्पादन : लागूऔषध नियन्त्रणमा उल्लेख्य प्रगति
-
नौ करोड ८८ लाख लगानीमा पाँचधारेमा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने
-
हतुवागढीद्धारा उत्कृष्ट किसान नगद सम्मानित
-
हतुवागढीका उत्कृष्ट ११ कर्मचारी नगदसहित सम्मानित





















