सर्पले डसेर बिरामी भएकी अनितालाई झारफुक गर्दै दिपायल सिलगढी नगरपालिका-१ का वडाध्यक्ष बहादुर खड्का। तस्बिरस् विमलबहादुर विस्टररासससर्पले डसेर बिरामी भएकी अनितालाई झारफुक गर्दै दिपायल सिलगढी नगरपालिका(१ का वडाध्यक्ष बहादुर खड्का। तस्बिरस् विमलबहादुर विस्टररासस गाईलाई घाँस हाल्न गोठ पुगेका पूर्वीचौकी गाउँपालिका (४ का २२ वर्षीय पूर्णराज गिरीको सर्पको डसाइबाट असार २३ गते मृत्यु भयो। सर्पले डसेपछि गिरीलाई उपचारका लागि अस्पताल लगिएन, धामीझाँक्रीलाई देखाइयो। भोलिपल्ट मात्र जिल्ला अस्पताल लगियो। उनी बाँच्न सकेनन्।असार १८ गते केआई सिंह गाउँपालिका-२ तिखातरका ९ वर्षीय झकेन्द्रबहादुर बोगटीलाई आँगनमा पढिराखेका बेला सर्पले डस्यो। उनले पनि ज्यान गुमाए।सर्पकै डसाइबाट शिखर नगरपालिका-२ कालागाडका ४२ वर्षीय जमुनादेवी कार्कीको पनि असारमै मृत्यु भएको थियो।साउन लाग्दा पनि सर्पको बिगबिगी घटेको छैन।
यो साता पूर्वीचौकी गाउँपालिकामै दुई जनालाई डसिसकेको छ। वडानम्बर १ का अध्यक्ष टंकबहादुर थापाका अनुसार १३ वर्षीय चापा विष्टलाई सर्पले डसेपछि दुई दिन जिल्ला अस्पताल डोटीमा राखेर घर लगिएको छ। यसपालि सर्पले बढी नै डसिराखेको छ, वडाध्यक्ष थापाले सेतोपाटीसँग भने।एक साताअघि नै सर्पकै डसाइबाट बिरामी भएकी पूर्वीचौकी(१ कै १५ वर्षीया अनिता खड्काको भने जिल्ला अस्पताल डोटीमा उपचार सम्भव भएन। उनलाई दिपायल हुँदै धनगढीको अस्पताल पुर्याएर उपचार गरिएको छ। उपचार गरेर उनी गाउँ फर्किसकिन्, वडाध्यक्ष थापाले भने, ुएम्बुलेन्सलाई भाडासमेत गर्दा ४० हजार जति खर्च भयो होला।सर्पले डसेपछि तुरून्तै अस्पताल नलैजाँदा यहाँका बिरामी अल्पायुमै मर्ने गरेका छन्। स्थानीयहरू झामीझाँक्री बोलाएर पहिले झारफुकतिर लाग्छन्। झारफुकबाट निको नभएपछि बल्ल अस्पताल पुर्याउने गर्छन्। सर्पले डसेर बिरामी भएकी अनितालाई पनि ढिला गरी अस्पताल लगिएको थियो।
डोटी अस्पतालले उनको शल्यक्रिया गर्नुपर्ने र जनशक्ति नभएको भन्दै धनगढी अस्पताल ुरिफरु गरिदिएको थियो। डोटीबाट धनगढी जाने क्रममा बिरामीका आफन्तले निजी अस्पतालमा पनि उपचार गराउने कोशिश गरे।जिल्ला अस्पतालमा २४ घण्टा राखेर धनगढीका लागि रिफर गरेपछि बिरामी हाम्रो अस्पतालमा ल्याएका थिए शैलेश्वरी अस्पतालमा कार्यरत डाक्टर ललित राईले सेतोपाटीसँग भने, घाउ लामो समयसम्म बाँधेर राखेकाले प्रेसर ठीक छैन। घाउ झन् सुन्निँदै जान सक्छ भनेर छिटो धनगढी लैजानुस् भन्ने सुझाव दिएको हो।यसबीचमा बिरामीका आफन्तले धनगढी जान एम्बुलेन्स खोजे। एम्बुलेन्स आउन समय लाग्ने भएपछि झारफुक गर्ने मान्छेको खोजी हुन थाल्यो।खबर पाएपछि दिपायल सिलगढी नगरपालिका(१ का वडाध्यक्ष बहादुर खड्का नै झारफुक गर्न आइपुगे। दुइटा अस्पतालले उपचार गराउन नसकेर धनगढी ुरिफरु गरिएकी अनितालाई वडाध्यक्ष खड्काले आधा घण्टासम्म झारफुक गरेका थिए।
वडाध्यक्ष यसबारे जानकार हुनुहुन्छ भनेर साथीहरूले मलाई चियाको दोकानबाट उठाएर बिरामी भएको ठाउँमा लगेका हुन्,ु खड्काले सेतोपाटीसँग भने, एम्बुलेन्स नआउञ्जेल आधा घण्टा मन्त्र भनेर सहयोग गरिदिएको हुँ।उनले सर्पले डसेको उपचार अस्पतालमा हुने भएकोले धनगढी जान सुझाव दिएको बताए। निको हुन्छ भन्ने ग्यारेन्टी लिन सक्दिनँ, एम्बुलेन्स नआउन्जेल झारफुक गरिदिन्छु भनेर गरेको हो, उनले भने, हिजोआज जमना फेरिइसकेको छ। पहिले त झारफुकबाटै मैले २०र२५ जना सर्पले डसेका बिरामीलाई निको बनाइदिएको हुँ। एक जना पनि मरेका थिएनन्। सर्पले डसेको हात सुन्निँदै गएपछि पाक्छ कि भनेर बिरामीका आफन्त डराएकोले सहयोग गरेको उनले बताए।