सिंहदरबार घेर्न गएका ११ जना पक्राउ


काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै भेला भएका ११ जना आरक्षण बचाउ आन्दोलनका सहभागीलाई प्रहरीले पक्राउ गरेको छ । भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित ११ जनालाइ प्रहरीले पक्राउ गरेको हो ।लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको प्रहरी बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार