एकै ठाउँमा चार वटा बस दुर्घटना


भक्तपुर । एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन् । काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको थियो । ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसले आइतबार बिहान बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको हो। ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका(६ का दीपकराज ठकुरीलाई ठिमी वृत्तले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार