सरकारले बाढी पीडितको दीर्घकालिन व्यवस्थापन गर्छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट जनताको दीर्घकालिन व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताएका छन्। प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग शुक्रबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले बाढी र डुबानबाट पीडितको सरकारले व्यवस्थापन गर्ने बताएका हुन्। प्रधानमन्त्री ओलीले बाढी पीडितहरूलाई तत्कालिन भन्दा पनि दीर्घकालिन समाधानका लागि सरकारले योजना बनाइरहेको जानकारी दिए।

‘बाढी र डुबानको समस्या समाधानको दीर्घकालिन उपायको लागि सरकारले योजना बनाउँदैछ’, प्रधानमन्त्री ओलीले थपे, ‘वर्षेनी देशमा हुने यस प्रकारका समस्याको दीर्घकालिन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्दछ। बाढी र डुबानका कारण हुने जनधनको क्षती न्यून गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्दछ।‘ केही समयभित्रै बाढीले क्षती पुर्‍याएका प्रदेश २ का जिल्लाको भ्रमण गर्ने प्रधानमन्त्रीले सांसदहरूलाई आश्वासन दिए। ‘केही समयपछि म बाढीको क्षतीको अवलोकन र राहतको केही कार्यक्रम सहित प्रदेश २ मा आँउछु’, प्रधानमन्त्री ओलीले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार