सीताको आग्रहमा छोरी, नातिनी लिएर प्रचण्ड दुबईतिर


काठमाडौं, १४ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारसहित यूएईतिर लागेका छन्। दुईजना छोरी, श्रीमती र नातिनीहरुसँग मंगलबार बिहान साढे नौं बजे प्रचण्ड दुबई उडेका हुन्।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, प्रचण्डकै सचिवालयमा कार्यरत छोरी गंगा दाहाल र नातिनीहरु पनि भ्रमणमा गएको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।

‘मेडम (सीता)ले पटक-पटक दुबई जाने मनसाय व्यक्त गरेपछि उहाँहरु त्यहाँ जान तयार हुनुभएको हो’,सापकोटाले भने,‘यो भ्रमण विशुद्ध पारिवारिक मात्रै हो।’ प्रचण्ड परिवार १८ गते स्वदेश फर्किने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार