कक्षा १२ को नतिजा सार्वजनिक


काठमाडौ‌ंँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको उक्त परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ सहित कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए ।

३।६१ देखि ४ जीपिए प्राप्त गर्ने ३ हजार ६७, ३।२१ देखि ३।६० जीपीए ल्याउने १६ हजार २ सय ४ विधार्थी छन् भने ३१ हजार विद्यार्थीले २।८१ देखि ३।२० जीपीए प्राप्त गरेका छन् । ५६ हजार पाँच सय ३ विधार्थीले २।४१ देखि २।८० सम्म जीपीए ल्याएका छन् भने २।०१ देखि २।४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८६ हजार २ सय २७ रहेको छ।

१।६१ देखि २।०० जीपीएसम्म ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १९ हजार विधार्थीले १।२१ देखि १।१६ जिपीएसम्म ल्याएका छन् । ०।८१ देखि १।२० ल्याउने विधार्थीको संख्या ३ हजार ५ सय २४ रहेको छ । ०।० देखि ०।८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ छन् । नतिजा केहि समयका वेवसाईटमा देखाउने परीक्षा बोर्डले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार