मालपोत कार्यालय सिरहाका नासु अख्तियारको फन्दामा


सिरहा । जिल्ला मालपोत कार्यालय सिरहाका नायब सुब्बा र एक लेखापढी व्यवसायी ५ हजार रुपैयाँ घुस सहित अख्तियारको फन्दामा परेका छन् । सोमबार दिउँसो एकसेवाग्राहीलाई काम गरिदिने वापत लेखापढी व्यवसायी राजवंशी चौधरी मार्फत पाँच हजार रुपैयाँ घुस लिदै गरेको बेला कार्यालयका नायाब सुब्बा मिथिलेश ठाकुरसहित दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

मोही लगत कट्टा गरिदिन एकसेवाग्राहीसंग नासु ठाकुरले लेखापढी व्यवसायी मार्फत चौधरीले मार्फत ५ हजार रुपैयाँ लिएका थिए । ती सेवाग्राही पटक पटक मोही लगत कट्टाको कामको लागि कार्यालय धाउँदा समेत नासु ठाकुरले विना घुस काम गरेका थिएनन् । पछि घुस मागेपछि ती सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा जानकारी गराएका थिए ।

सोमबार कार्यालय काम गराउन ती सेवाग्राही घुस रकम लिएर पुगेका थिएँ । भने अख्तियार त्यसको निगरानी गरिरहेको थियो । सेवाग्राहीले नाशुले भने अनुसार घुस रकम लेखापढी व्यवसायी चौधरीलाई बुझाएका थिए । लेखापढी व्यवसायीले समेत उक्त रकम नाशुलाई दिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ । दुवैजनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार