इटहरी बस पार्कमा ६ बर्षिय बालिका वलात्कृत


इटहरी । इटहरीको बस पार्क क्षेत्रमा ६बर्षिय बालिका वलात्कृत भएको घटना वाहीर आएको छ । असार २ गते कोठामा कोही नभएको मौका छोपी बालिका लाई ललाई फकाई वलत्कार गरेको श्रोतले बताएको छ । पिडित परिवार इटहरीको बसपार्कमा कोठा भाडामा बस्दै आएको थियो ।

बालिका बलात्कृत पछी परीवार लाई ३० हजारमा मिल्न दवाव दिएको र घटना ढाकछोप गर्न लगाईएको श्रोतको दावी रहेको छ । नानीको स्वास्थ्य अवस्था विग्रदै गएको र अस्पतालले बालिकाको असामान्य अवस्था रहेको वताए पछी घटना सार्वजनिक भएको हो ।

यता प्रहरीले घटनामा संलग्न रहेको आसंकामा १ जना लाई पक्राउ गरेको छ । सञ्चार पाटी सँग कुरा गर्दै इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएस पी समिर चन्द्र खरेलले घटनाको बिषयमा अनुसन्धान भईरहेको वताएका छन् । यता अनुसन्धामा खटीएका ईन्सपेक्टर बुद्धि चौलागाईले दुवै पक्ष वोलाएर कुराकानी चलीरहेको केही वेरमा सार्वजनिक गरीने वताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार