भोजपुरका सांसद सुदन किराँतीद्धारा संसदमै मन्त्रीलाई रातो किताव फिर्ता


काठमाडौँ, ४ असार । भोजपुर बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन किरातीले संसदमा वोल्दै भौतिक निर्माण तथा यातायात मन्त्रालय प्रति आक्रोस व्याक्त गरेका छन ।

बुधवार संसदमा विनियोजिन विधयकमाथि भएको छलफलमा बोल्दै सांसद किरातीले मन्त्रालयबाट तयार पारिएको रातो किताब माथि टिपणी गर्दै भने यो बजेटमा नवोलेर सरकारलाई समर्थन गर्ने ईच्छ थियो, तर भौतिक पुर्वधार मन्त्रालयको यति ठुलो किताव हेरी सके पछि आफ्नो भावना राख्नै पर्ने भयो भन्दै किरातीले भने भोजपुर जिल्लामा परेको बजेटको अख्तियारी ताप्लेजुङमा परेको छ, राष्ट्रपतिको एउटै गाँउको बाटो छ ठाउमा परेको छ, उदयपुर र रानिटार जोड्ने पुल संखुवासभा र भोजपुर जोड्ने भनेर राखिएको छ, आज भन्दा तिन वर्ष अगाडी टेन्डर गरेर सिलन्यास गरिएको रानीटारको पुल आउने कार्तिक महिनामा फेज आउट हुदै छ तर सरकारले यो रातो कितावमा सर्वे भनेर हलिदिएछ ।

उनले भने यो संघिय प्रणाली नशाले चल्ने प्रणाली जस्तो लागेको थियो तर आज जुँगाले चलेको अनुभुति भएको छ । तर हामि सँग जुँगा पनि छैन र मन्त्री ज्यू सँग गोरु बेचेको साईनो पनि नभएकोले सम्भवत हाम्रो जिल्लामा कुनै पनि योजनाहरु नपरेको होला भन्ने मलाई लागेको छ ।
किरातीले भने मन्त्रालय धाउदा धाउदा जुत्ता फाटे, मन्त्री ज्यूको जिल्लामा अठार ओटा योजना पर्दा मेरो जिल्लामा एउटा परेको छ त्यसकारण आज यो किताव म सम्माननिय सभामुख महोदय मार्फत मन्त्री ज्यूलाई नै फिर्ता गर्न चाहान्छु ।

बजेट बारे धारण राखेका सांसद किरातीले अधिकांश समय भौतिक योजना तथा निर्माण मन्त्रालएको चर्को आलोचना गरेका थिय । उनले भौतिक योजना निर्माण मन्त्री प्रति लक्षित गर्दै भने भोजपुर जिल्लाका नक्शा नेपालको मान चित्रबाट त हटाउन सक्नु भएन होला तर रणनैतिक सडक हटाएर हजुरकै जिल्लामा लगिदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहान्र्छु धन्यवादं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार