ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार


झापा । झापाको अर्जुनधारा नगरपालिका(९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् । शनिबार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ बर्षीया बुहारी सपना दाहाल बिच घरायसी बिषयमा बादविवाद हुँदा ससुराले बुहारीको टाउकोमा खुकरी प्रहार गरेका थिए ।

खुकरी प्रहारबाट गम्भीर घाईते भएकी बुहारीको झापाको बि।एण्ड।सी। अस्पतालमा उपचार भईरहेको छ भने ससुरा खड्ग बहादुर दाहाललाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार